FAQs Complain Problems

पलाँता गाउँपलिकामा फागुन २८-२९ गते महिलाको पाठेघर खस्ने समस्याको Screening तथा इम्पलान्ट सम्बन्धी स्वास्थ्य शिविर संचालनमा

पलाँता गाउँपलिकाको धौलागोहमा रहेको स्वास्थ्यचौकीमा  सन्चालन भएको महिलाहरुको पाठेघर खस्ने समस्याको Screening तथा इम्पलान्ट सम्बन्धी स्वास्थ्य शिविरमा  जम्मा  ४५ जना महिलाहरुले सेवा लिएका थिए, जसमध्येबाट PID केसका २९ जना बिरामी पत्ता लागेका र पाठेघर सम्बन्धि ओपेरेशन केस पत्ता लागेर ७ जनालाइ जिल्लामा रेफर गरीएको थियो | साथै सो शिविर बाट ९ जनालाई पाठेघरमा रिंग र २१ जनाले इम्प्लान्ट सेवा  लिएका थिए | शिविरको समूदघाटन स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवम वडा न २ का वार्ड अध्यक्ष श्री बिर्दी कामी ज्युले गर्नु भएको थियो भने उक्त कार्यक्रमको समापन गाउपालिका उपाध्यक्ष श्री दाना न्यौपाने ज्युले गर्नु भएको थियो |

 

आर्थिक वर्ष: