FAQs Complain Problems

पलाँता गाउँपालिकाको संक्षिप्त परिचय

  पलाँता गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा रहेको छ। यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो । 

नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल  ३१८.८४  वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७००० रहेको छ।  पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा -  जुम्लाको हिमा गा.पा , सिँजा गा.पा र कनकसुन्दरी  गा.पा , पश्चिममा - पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा , उत्तरमा - मुगुको खत्याड गा.पा र दक्षिणमा - पचालझरना गा.पा. र तिलागुफा नगरपालिका रहेका छन् ।