FAQs Complain Problems

कालिकोटमा एक सय युवाले रोजगारी पाए

कालिकोट  ।    कालिकोटको पलाँता गाउँपालिकाका स्थानीय युवाहरुलाई रोजगारीका लागी खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुतिm दिन बिभिन्न युवा लक्षित कार्यक्रम तयार गरेको छ गाउँपालिकाले प्राप्त गरेको बजेटकार्यक्रम तयारी गर्दा गाउँपालिकाले प्राय युवा लक्षित कार्यक्रम तयार गरेर बजेट बिनियोजन गरे पछि युवाहरुको बेरोजगारी समस्या टरेको हो । स्थानिय निकायमा जन प्रतिनिधि आए संगै युवाहरु आफ्नो गाउँ आफै बनाउ  , य्ुवाहरु बिकासमा , र युवा स्वरोजगार जस्ता कार्यक्रम संन्चालन गरेर गाउँपालिकाले  युवा लक्षित कार्यक्रम संन्चालन गरी युवाहरुलाई रोजगारी प्रदान गरे पछि आज भोलि बेरोजगार युवाहरु आफ्नो गाउँको बिकास आफै गर्न हौसिएका छन । गाउँपालिका भित्रका भौतिक पुर्वाधारका कामहरुमा युवाहरुलाई संगठित ढंगले लगाउने जिम्मा गाउँपालिकाले लिए पछि बेरोजगारी समस्या टार्न खाडी मुलुक र  भारतका गल्लिहरु  जान छुटेको भन्दै त्यहाँका युवाहरु खुसि भएका छन । गाउँपालिकाले निर्माणका लागि युवा कार्यदल तयार गरेको छ । गाउँमा कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिनु भयो । दक्ष जनशक्ति बाहिरीने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । पलाँता सुख्या खडेरीग्रस्त क्षेत्र हो त्यहाँका युवाहरु ५ महिना भारत बसेर छ महिना मात्रै घरमा बस्ने गर्छन अब उतm समस्या हट्छ युवाहरु गाउँघरमा भेटिने छन बंमले प्रतिक्रिया दिनु भयो ।यहाँका स्थानीयले आफ्नै खेतबारीको उत्पादन बाट तीन महिना धान्न हम्मे–हम्मे पर्छ । गाउँपालिकाले पहिलो चरणमा एक सय युवाहरुलाई डेढलाखको बिमा सहित छुट्टै पोसाक दिएर पहिचान सहित काममा लगाउने अध्यक्ष बमले जानकारी दिनु भयो । उनिहरुले महिनामा काम गरे बाफत दैनिक ८ सयका दरले महिनामा २४ हजार नियमित पाउने छन । सामुहीक बिकासको अबधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्य बोकेको गाउँपालिकाले गाउँपालिकाभित्रकौ भौतिक पुर्वाधार निमार्णका क्षेत्रमा काममा लगाउने  पलाँता गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताउनुभयो । कार्यदलका सदस्यहरुले दिनमा आठ घण्टा काम गर्ने छन । कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरेका छन् । पौष महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले  बताउनुभयो । कार्यदलका सदस्यहरुले समाजिक लगानी कोष बाफत महिनामा २ हजार जम्मा गर्ने  छन र वर्षमा २४ लाख कामका लागी युवा सहकारीका नाममा जम्मा हुने छ र भोलि त्यसले युवाहरुको सम्बृद्धिका लागी काम गर्ने छ अध्यक्ष बमले बताउनु भयो  । त्यसरी जम्मा गरिएको रकम उनीहरुले बिपद् जोखिम् न्यूनिकणका कार्यमा खर्च गर्ने छन् । कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने गरिएको छ । विदेशीने युवाहरुलाइ रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पु¥याएको त्यहाँका युवाहरुले प्रतिक्रिया दिएका छन  । स्थानीय सरकारले सहजै रोजगारी प्राप्त हुने गरी युवा लक्षित कार्यक्रम ल्याए पछि युवाहरुमा जोशजागर बढेको कार्यदलका सदस्य पुर्णबहादुर बमले बताउनुभयो । पलाँताका प्रत्येक वडा बाट दश–दश जना र गाउँपालिका अध्यक्षको सिफारिसमा दश जना गरि एक सय जनाको कार्यदल निर्माण गरिएको छ । उनिहरुलाई कुन दिन के काम दिने भनेर गाउँ पालिकाभरी छलफल हुन्छ सोही अनुसार काममा लाग्छन  अध्यक्ष बमले भन्नु भयो बिकासका लागी सक्षम मानिएको युवा शतिm  बिदेश पलाएन हुने आफ्नो ठाउँको बिकासका लागी कामदार  पाएन भन्दै डोजर मालिकलाई पोश्ने काम गाउँपालिकाले गर्दैन  तिनै बेरोजगार युवाहरुलाई लक्षित गरेर गाउँपालिकाले यो वर्षका लागी एक करोड ८० लाख बजेट बिनियोजन गरेको अध्यक्ष बमले बताउनुभयो । 

Read more at: http://radionepal.gov.np/news-details/12114/2018-01-28#.Wob-Sw8KWZx.facebook

आर्थिक वर्ष: